काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको आक्रोश शान्त भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा प्रचण्डले आफू सरकारमा आउनुअघि निराश रहेका जनता छ महिनाको अवधिमा आउँदा जनताको आक्रोश शान्त हुन्दै गएको बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुशासनको लडाइँमा सदन र जनताको सहयोगको आवश्यकता महसुस गरेको भन्दै सहयोग पाउने विश्वाससमेत गरेका छन् ।
उनले विकृतिविरुद्धको लडाइँ अगाडि बढिरहने प्रचण्डले विश्वास दिलाए ।