arrow

मुर्रा राँगो कि भैंसी भन्ने विषयले संसदमा लामो समय लियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
parliament-2080-03-13.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् । 

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ । भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ,’ संसद  बैठकमा प्रधानमन्त्री प्रचण्डले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ