arrow

प्रतिपक्षले चल्न नदिएको संसदको अवरोध ढिला गरी चालु [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार

काठमाडौँ । नेकपा एमालेसहितका प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक ढिला गरी शुरु भएको छ । 

दिउँसो २ः२७ बजे १५ मिनेटका लागि मात्र स्थगित भएको बैठक ढिला गरेर मात्र चालु भएको हो । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर भुलबस गल्ती भएछ भनेर अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोमात्र स्वीकार गरिसकेको विषयलाई नसमेट्ने हो भने बजेट पास गर्न नदिने एमाले, रास्वपा, राप्रपा लगायतका दलले विरोध गरेका हुन् । 

उनीहरुले यसलाई स्वीकार नगरी जबरजस्ती बजेट पारित गर्न खोज्ने हो भने पारित गर्न नदिने भन्दै उभिए । यसबारे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन आयोगमै गएर स्पष्ट पारिसकेको अवस्था जानकारी गराए पनि विपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् । 

यो विषयलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेठ २४ गते विरोध गरेका थिए । त्यसपछिमात्र छलफलको विषय बनेको थियो । 

जिल्ला निर्वाचन कार्यालयहरु बन्द गरेर जिल्ला प्रशासनमा गाभ्ने प्रपञ्च बजेटमा गरिएको थियो । तर पहिलो पटक सांसद गगनले संसदको शून्य समयमा उठाएसँगै संसदमा पटक पटक सांंसदहरुले बहसको विषय बनाएका थिए । 

निर्वाचन आयोगमा गएर दलहरुले जिल्ला कार्यालयहरु खारेज नगर्ने प्रतिबद्धता जनाएका थिए । आयोगका पदाधिकारीहरु प्रधानमन्त्री कार्यालयमासमेत गएर प्रतिबद्धता लिएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ