-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सिन्धुलीका युवराज सफलले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो ।
प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सफलको रिट खारेज हुने फैसला सुनाएको छ ।
सफलले गत जेठ १० गते लामिछाने विरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।