arrow

यसो भन्छन् माधव नेपाल समाजवादी मोर्चा गठनबारे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
madhav kumar nepal.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन् ।

नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताए । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको दाबी छ ।

अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पार्नुभयो । परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले संविधानबारे बिमति राख्ने शक्ति पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले मोर्चाको आगामी कार्यदिशा र कार्यक्रम तय गर्न बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । देशमा सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उनले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ