arrow

सूर्यदेवको प्रिय दिनमा काल र अमृत बेला परेको छ, राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
rashifal-horoscope-3.jpg

आजको पञ्चाङ्ग

मिति २०८० असार १७ गते आइतबार, इस्वीसंवत जुलाइ २ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढशुक्लपक्षको चतुर्दशी तिथि साँझमा ७ः१९ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठा दिनमा १२ः३७ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ ।

विष्कुम्भादि योगमा शुक्ल ३६ घटि २१ पलासम्म त्यसपछि ब्रह्म योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा काण रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ३१ पला अर्थात १३ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१३ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०७ः०२ बजे हुनेछ । यस्तै, चन्द्रउदय साँझमा ६ः१३ बजे हुनेछ भने चन्द्रअस्त रातिमा ३ः३० बजे हुनेछ । आज विश्व खेलकुद पत्रकार दिवस परेको छ ।

आजको राशिफल

मेष : आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला ।

वृष : आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न, आफ्नै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी पूर्व दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

मिथुन : आज स्वास्थ्य मजवुद रहनेछ, टाढाबाट धन प्राप्ति हुनेछ, यश कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमा आफ्नो जीत हुनेछ, सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, आफन्तको आगमनले घरमा नयाँ चहलपहल हुनेछ, समयको उचित सदुपयोग गरी कार्य गर्नुहोला ।

कर्कट : एक्कासी धन लाभका अवसर मिल्न सक्नेछन्, मानसम्मान प्राप्त हुन सक्नेछ, जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ, समय अत्यन्तै शुभ रहेको छ सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुुनेछ ।

सिंह : स्वास्थ्य ठीक-ठाक रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ, खानामा गडबढी हुन सक्नेछ, कम्मर दुख्ने, शूल रोगले सताउन सक्नेछ, व्यवसायमा आर्थिक मन्दी आउनेछ, आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

कन्या : आज स्वास्थ्य भरपर्दो रहने छैन, खानपिनमा ध्यान पुर्‍याउनु होला, सोचेजतिका सबै काम गर्न नसके पनि आंसिक पूरा हुनेछन्, आफ्नै कर्मचारीबाट बिरोध आउन सक्नेछ, आफूमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्नेछन्, सावधान रहनु अत्यन्त जरुरी छ ।

तुला : आज पनि दिन खराब छ, आफन्त इष्टमित्र नै बिघ्नबाधा पार्नेवाला भेटिनेछन्, मानसिक चञ्चलता, गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा मात्रै देखा पर्नेछन्, सोचेका काममा उल्टा-उल्टा परिणाम आउने अवस्था छ, शरीर जोगाई सतर्क रहँदै दिन बिताउनु होला ।

वृश्चिक : आज पनि दिन शुभ छ, कसैसँग पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने छ, सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ, परिवारका सदस्यको सहयोग राम्रै पाइनेछ, आज जे काम गर्न बाँकी छन् गराई हाल्नुहोला ।

धनु : आज पनि समय त्यति राम्रो छैन, खाने कुरामा गडबडी, कुनै व्यक्तिसँग विवाद पर्ने, जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असरसमेत पार्ने देखिन्छ, सचेत रहनुहोला ।

मकर : आज पनि दिन अत्यन्तै शुभ छ, एक्कासी आम्दानी बढ्ने काम भेटिने छ, जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ, जलखेती किन्न मन भए आजै किन्नु होला, पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ, आज जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ ।

कुम्भ : आज पनि समय शुभ छ, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ, बिरामी हुनुहुन्छ भने आजबाट स्वास्थ्यमा सुधार आउनेछ, उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ, घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा आफ्नो जीत हुनेछ ।

मीन : आज पनि समय मध्यम खालको छ, स्वास्थ्यको हिसावले राम्रै छ, सोचेको केही काम अधुरा रहने छन्, गर्न खोजेका काममा ढिलासुस्ती समेत हुनेछ, शिरमा चोट लाग्न सक्छ, कुनै महिलासँगको विवादमा झगडा पर्ने सम्भावना बलियो छ ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ०५ः११ बजेदेखि      ०६ः५५ बजेसम्म     उद्धेग बेला
बिहान ०६ः५५ बजेदेखि      ०८ः३९ बजेसम्म     चर बेला
बिहान ०८ः३९ बजेदेखि      १०ः२३ बजेसम्म     लाभ बेला
बिहान १०ः२३ बजेदेखि       १२ः०७ बजेसम्म    अमृत बेला
दिनमा १२ः०७ बजेदेखि       १ः५० बजेसम्म     काल बेला
दिनमा १ः५० बजेदेखि        ३ः३५ बजेसम्म      शुभ बेला
दिनमा ३ः३५ बजेदेखि        ५ः१९ बजेसम्म      रोग बेला
साँझ ५ः१९ बजेदेखि        ७ः०३ बजेसम्म      उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



नयाँ