arrow

आन्तरिक विवादको घेरामा नेकपा एस, एक्लिँदै माधव

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेबाट दुई वर्षअघि विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल तथा उनीसँग निकट रहेका नेताहरु असन्तुष्ट देखिएका हुन् । 

त्यस्तै विगतमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई साथ दिँदै आएका युवा नेताहरु पनि असन्तुष्ट देखिएका छन् । त्यतिमात्र होइन सांसदहरुसमेत विभाजित भएका छन् ।

अहिले माधव नेपाललाई चार सांसदले मात्रै साथ दिइरहेका छन् । राजेन्द्र पाण्डे, मेटमणी चौधरी, प्रकाश ज्वालाले मात्र उनलाई साथ दिइरहेका छन् । 

स्रोतका अनुसार प्रेम आले संसदीय दलको बैठकमा जानै छाडेका छन् । अन्य सांसदहरुले पनि नेपालको भनाइलाई विश्वास गर्न छाडेका छन् । किसान श्रेष्ठले धेरै अघिबाट एमालेमा एकीकरण गर्ने प्रस्ताव गरेकै थिए । उनकै पहलमा र उनकै बालुवाटारस्थित घरमा पटक पटक केपी शर्मा ओली र माधव नेपालको भेटघाटसमेत गराएका थिए । 

विगतमा माधव नेपाललाई बलियो साथ दिँदै आएका राजेन्द्र राई, रामकुमारी झाँक्री मौन रहेका छन् । झाँक्रीले पार्टीभित्र आफ्ना धारणा नराखेको त महिनौँ भैसक्यो । उनी पार्टी कार्यालय पनि आक्कलझुक्कल जाने गरेकी छिन् । 

पछिल्लो पटक महासचिव बन्न पुगेका घनश्याराम भुसाल पनि त्यति सन्तुष्ट देखिएका छैनन् । डोल्पाबाट निर्वाचित धनबहादुर दैलेख–१ बाट अम्मरबहादुर थापा ,अछामका शेरबहादुर कुँवर र बझाङका भानुभक्त जोशी अहिले मौन रहेका छन् । 

कोशी प्रदेशमा मुख्यमन्त्रीकोसमेत दावी गरिरहेका राजेन्द्र राईलाई अध्यक्ष नेपालले मुख्यमन्त्री बनाउन पहल नगरेपछि उनी पनि असन्तुष्ट देखिएका छन् । उनले त्यसको जानकारी प्रदेश सभामा सम्बोधनकै क्रममा खुलासा गरेका थिए । 

‘हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ, त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन, सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ, त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ, त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन, बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्, त्यो पार्टी छाड्न मनै थिएन, हामीलाई निकालेर, पिना पनि पेलेर तेल निकाल्न खोजेको हो, अहिले पनि यो सरकार आइसकेपछि हाम्रा नियुक्त कानूनविपरीत ढंगले धमाधम हटायो, अदालतले फिर्ता बोलायो, यहाँ ४ जना छौँ बाटोमा हिँड्दा पनि बाटो छेकेर गमक्क परेर बाटो छेकुँला जस्तो व्यवहार छ । हामी फेरि पनि मिल्ने भन्ने सम्मका कुरा आउँछ। अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं’, उनले भनेका थिए । 

उनी कुनै समय एमाले विद्यार्थी संगठनको शक्तिशाली अध्यक्ष थिए । माधव नेपालको सचिवालयमा लामो समय काम गरेका उनले पार्टीको राजनीतिक वैचारिक मामिलामा सहयोग पुर्याउँदै आएका थिए । 

झाँक्रीमाथि विद्यार्थी संगठनका नेताहरुले समाजिक सञ्जालमै आलोचान गर्ने गरेका छन् । यसैगरी एस पार्टीसँग आवद्ध रहेका जनवर्गीय संगठनभित्र पनि विवाद रहेको छ । अनेरास्ववीयू, युवा संघ र प्रेस संगठनमा पनि विवाद रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ