arrow

'मायालु’को स्वास्थ्यबारे स्वास्थ्य मन्त्रीले लिए जानकारी, गराए दाँतको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
mohanbahadur-basnet-2080.jpg

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । 

वीर अस्पतालमा उपचाररत मायालुलाई आज भेटेर मन्त्री बस्नेतले सो जानकारी लिएका हुन् । फोक्सोमा समस्या देखिएपछि उनलाई  शुक्रबार  वीर अस्पतालमा भर्ना गरिएको थियो । 

उक्त अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार डा अशेष ढुङ्गानाको टोलीले पूर्वसांसद मायालुको उपचार गरिरहेको छ । 

यसैबीच मन्त्री बस्नेतले आजै वीर अस्पतालमा आफ्नो दाँतको उपचार गराएका छन् । 

अस्पतालका निर्देशक डा पौडेलका अनुसार आज बिहान उनले दाँतको उपचार गराएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ