arrow

उपसभामुख रानाको असन्तुष्टि –भित्तामा फोटै छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
vice-speaker-indira-rana.jpg

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सिंगापुरको संसदमा सभामुखहरुको फोटोहरु राख्ने गरेको तर नेपालको संसदमा भने नराख्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । 

६५ औँ संसद दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । 

उनले भनिन्, ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । संसदलाई बायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताइन् ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ