arrow

कोशीको मुख्यमन्त्रीमा उद्धव थापालाई अघि बढाउने कांग्रेसको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो ।   

 ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वभाविक रुपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले गर्नुहुनेछ’, उपसभापति रायमाझीले बैठकको निर्णय सुनाउँदै भने, ‘यसका लागि केन्द्रीय नेतृत्वसँग पनि छलफल गर्नेछौँ साथै सत्ता साझेदार दलहरुबीच निरन्तर संवाद भइरहेको छ ।

सभापति थापाको अध्यक्षतामा बसेको बैठकमा उपसभापति रायमाझी र टंक राई, महामन्त्रीहरु भुपेन्द्र राई र टंक थापा, सहमहामन्त्रीहरु विनोदकुमार बस्नेत, खड्ग फागो र प्रमिला गच्छदार साथै कोषाध्यक्ष राजेश गुप्ता सहभागी थिए । 

कांग्रेसले कोशीमा नयाँ सरकार गठनको गृहकार्य शुरु भएसँगै दलहरुले आ–आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।

कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् भने एमालेका ४० र राप्रपाका ६ सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ