arrow

विद्यालयको छात्रवृत्ति छनोट परीक्षा काठमाडौँ महानगरपालिका आफैँले लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृतिको परीक्षा महानगरपालिका आफैँले लिने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।

मेयर वालेन्द्र साह (बालेन) का अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पिछडिएको क्षेत्र तथा आदिवासी जनजाति लगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिने छ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–८१ देखि काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गर्नेछ’, उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ