arrow

दादुराका कारण १३ बालबालिकाको मृत्यु, तीन हजार बढी बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
dadura1.jpg

खार्तुम । सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । 

‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो । 

एमएसएफको ट्वीटमार्फत् सम्प्रेषित विज्ञप्तिमा भनिएको छ, “सुडानको ह्वाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन् ।” 

गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म ह्वाइट नाइल शिविरमा दादुराका शङ्कास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामीले हरेक दिन दादुराको शङ्कास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कूल तीन हजार १४५ जना बिरामी आएका छन् ।

 उनले भने, “जति धेरै मानिस आउँछन्, सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ । 

वर्षायाम नजिकिँदै छ र हामी यस क्षेत्रमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएकोमा चिन्तित छौं ।”

गत अप्रिल १५ मा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध शुरु भएयता सुडानी शरणार्थीको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । 

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय (आइओएम) को तथ्याङ्कअनुसार करिब २८ लाख मानिस पलायन भएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ