arrow

विश्वविद्यालय मात्र पढ्ने थलो

दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँः गगन थापा [भिडियोसहित]

कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
gagan-thapa-2080-03-18.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका छन् । 

सोमबार गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् । 

उनले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालयमाथि उठ्न नसक्ने बताए । उनले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिए । 

उनले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताए । उनले उच्च प्राथमिकतामा राखेर ससदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए । उनले सरकारले विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकेको बताए । 

महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छुट्याएको रकम कम भएको उल्लेख गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ