arrow

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
Parliament_building-1619601493.png

काठमाडौं ।  आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । 

प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ । 

राष्ट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।

 त्यस्तै प्रतिनिधि सभामा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत हुनेछ । 

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल संशोधन गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । साथै सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निर्माणार्थ प्रस्तुत गर्ने र विधेयकलाई पारित गर्ने कार्यसूची छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ