arrow

शंकरको आरोप - प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
shankar-pokh.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  धुर्त्याइँले नेपाली राजनीति विवादास्पद बनेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव  पोखरेलले प्रधानमन्त्री प्रचण्डमाथि सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने आरोप लगाएका हुन् । 

मंगलबार एक पुस्तक कार्यक्रममा प्रचण्डले  आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।  सोही विषयलाई लिएर महासचिव  पोखरेलले प्रचण्डको भनाइ हदैसम्मको नकचरोपन भएको बताएका छन् । 

उनले लेखेका छन् ,' प्रचण्डजीको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । 'प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो' भन्ने उनको भनाई उपरोक्त शृङ्खलाकै हदैसम्मको नकचरोपनको परिणाम हो ।'

महासचिव पोखरेलले प्रधानमन्त्री प्रतिनिधि सभाले बनाउने भन्दै प्रचण्डको अभिव्यक्ति अक्षम्य रहेको बताएका छन् ।  'प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुङ्गो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ ।'

यो विषयलाई लिएर एमालेले सदन तताउने महासचिव पोखरेलले सङ्केत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ