arrow
ADVERTISEMENT

बबण्डर मच्चाउन खोजियो – प्रचण्ड [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
prachanda-2080-03-20.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन् । 

बुधबार अनेरास्ववीयू क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको भए पनि त्यसमाथि नै बबण्डर मच्चाउन खोजिएको बताएका हुन् ।

उनले आफूले पुस्तक विमोचन कार्यक्रममा उनी सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि चासो राख्ने व्यक्ति भएको र आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो भन्ने अभिव्यक्ति दिएको बताए । 

प्रधानमन्त्री दाहालले बेलुनरुपी बबण्डर चाँडै फुट्ने पनि स्पष्ट पारे । उनले यस कुराले विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा प्रमाणित गर्ने बताए । 

प्रचण्डले भने, ‘अब आज म सुन्दैछु, एउटा किताव विमोचन गर्दै गर्दा मैले बोलेको, उसले बोलेको कुरा मैले बोलेको, मेरो कुरा होइन । उसले बोलेको । मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ, कहिले दिल्ली, कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो उहाँ भन्ने उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एक पटक बबण्डर गर्न खोजिएको छ, त्यो बेलुन पनि छिटै फुट्नेवाला नै छ । त्यसले केही दिनेवाला छैन । हाम्रा विपक्षीमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ भन्नेकुरा देखिन्छ ।’

उनले चाँडै नै माओवादीहरु एउटै केन्द्रमा आउने र सबै संगठन एउटै केन्द्रमा आएर नयाँ समाजवादी आन्दोलन शुरु गर्ने बताए । 

प्रधानमन्त्री दाहालले जनताका मुद्दा बोकेर हिँड्दा सरकारबाट कसैले हल्लाउन नसक्ने बताए ।  । उनले २०८४ को निर्वाचनमा २०६४ सालमा जितेको सिट भन्दा बढी जित्ने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ