arrow

मल खरिद र वितरणमा गम्भीर हुनु आवश्यक छः विनोद चौधरी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
binod-chaudhary-2080-03-21.jpg

काठमाडौँ । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् । 

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ । 

नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने विषयमा, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने सभापति चौधरीले बताए । 

उनले सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । 

किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने उनले बताए ।

समितिले अर्को बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई किसानलाई उपलब्ध गराउने मलको आपूर्तिको बारेमा भएको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिने तयारी गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ