प्रधानमन्त्रीको राजीनामा सोच्न पनि सकिन्न (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
441
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने विषय सोच्न पनि नसकिने सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् ।
उनले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री राजीनामा दिनु नपर्ने बताएकी हुन् ।
उनले सो विषय बेकारको विषय भएकाले संसद्मा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताएकी छन् ।