एलओडीका दुवै सञ्चालक पक्राउ, जहाँ प्रवेश गराइएको थियो बालिका
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौंँको ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका दुवै सञ्चालक पक्राउ परेका छन् । नाबालिगलाई क्लब प्रवेश गराएको आरोपमा दुवैलाई प्रहरीले पक्राउ गरेको हो । रुदिल बल्लव श्रेष्ठलाई शुक्रबार र यसअघि बिहीबार राजुसिंह सुवाल पक्राउ परेका थिए ।
ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो । गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् ।
सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।