arrow

विश्वकप छनोट खेलेर फर्कियो नेपाली टिम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
cricket team.jpg
तस्बिर-क्यान

काठमाडौं । जिम्बाब्वेमा भएको आईसीसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने अमेरिकालाई पराजित गरेको थियो ।

प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो । नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए । 

नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ