arrow

गुल्सन भन्छन् – टेष्ट खेल्ने टिमसँग अनुशासन हुन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
gulsan-jha-2080-03-22.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा युवा खेलाडी गुल्सन झाले टेष्ट मान्यताप्राप्त टिममा बढी अनुशासन हुने बताएका छन् । जिम्बाब्वेमा भएको आईसीसी विश्वकप छनोट खेलेर स्वदेश फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग उनले टेष्ट टिमका खेलाडीहरु अनुशासित हुने बताएका हुन् । 

१७ वर्षे युवा अलराउण्डर झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गर्दै उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको बताए । 

उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुल्सनको विश्वास छ ।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने अमेरिकालाई पराजित गरेको थियो ।

प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो । नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ