arrow

नेपालमा श्रमको सम्मान हुन सकेन : पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
pradip poudel.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले नेपालमा श्रमको सम्मान हुन नसकेको बताएका छन् ।

पोखरामा आयोजित क्रस द बोडरमा कार्यक्रममा पौडेलले श्रमको सम्मान हुन नसक्दा विदेश जानेको संख्या बढ्दै गइरहेको बताए ।

उत्पादनमूलक उद्योगहरुलाई पाँच वर्ष लगानी आकर्षण गर्नुपर्नेमा जोड दिँदै नेता पौडेलले नेपालमा बस्ने स्थित नभएकाले अहिले विदेशिनेको संख्या बढ्दोक्रममा रहेको स्पष्ट पारे । 

विदेशमा रहेका युवालाई नेपाल फर्काउनुपर्ने भन्दै उनले नयाँ रोजगारीको क्षेत्र निर्धारण गर्न आवश्यक रहेको स्पष्ट पारे । 

पौडेलले भने, ‘श्रमलाई सम्मान गनुपर्छ । एउटा रेडियो बनाउने मेकानिक र अपरेसन गर्ने डाक्टरको आत्मसम्मान एउटै हो । हामीले हेर्ने दृष्टिकोण फरक गर्नुपर्छ । दुवैले गर्ने श्रम नै हो ।’ 

‘संसारलाई जसले बुझेको हुन्छ, श्रमलाई जसले बुझेको हुन्छ । निर्माण मजदुरको ज्याला सरकारले दुई हजार तोक्नुपर्छ । तब मात्र देशमा बस्ने स्थित बन्छ’, उनले भने, ‘एउटा श्रमिकले ६० हजार महिनामा कमायो भने बल्ल बस्ने स्थित बन्छ ।’ कुन क्षेत्रमा कति कर्मचारी संख्या आवश्यक छ त्यसको सरकारले यकिन गर्नुपर्नेमा उनको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ