arrow

भेलाले ‘बदलिएको काँग्रेस, बलियो काँग्रेस’ अभियानलाई थप गति दिने गगनको विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
gagan-bishwaprakash-meeting-2080-03-22.jpg
तस्बिर –जिल्ला सभापतिहरुसँगको छलफलका क्रममा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा ।

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जिल्ला सभापतिहरुसँगको छलफलपछि निस्केको निष्कर्ष केन्द्रीय कार्यसमिति बैठकमा लैजाने बताएका छन् । 

बैठक सम्पन्न गरेपछि शुक्रबार बेलुका सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यो सुझाव र प्रतिबद्धताले ‘बदलिएको काँग्रेस बलियो काँग्रेस’ अभियानलाई थप गति प्रदान गर्ने विश्वास गरेका छन् । 

यसो लेखेका छन् महामन्त्री थापाले–

पार्टी सदस्यता र सङ्गठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धतासहित नेपाली कांग्रेस जिल्ला सभापतिहरूसँगको दुई दिने बैठक सम्पन्न गरेका छौँ।  बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने छौँ। बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले 'बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ।
 

बैठकमा पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

बैठकमा जिल्ला सभापति योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत (नुवाकोट)ले आ–आफ्नो धारणा व्यक्त गरेको कार्यबाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

यसैगरी जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कावा सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिव बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुङ्गा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधि मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर) ले आफ्नो विचार व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ