arrow

गगन मिसन

अरु पार्टी मिसन २०८४ मा लागे, काँग्रेसले यो बीचमा देश सम्हाल्नुपर्छ – गगन थापा 

आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
gagan-thapa-2080-03-23.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । 

शनिबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । 

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए । 

उनले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताए । उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताए । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने बताए ।  
उनले भने, ‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा छ । यो नभए यो भुतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन की नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ । किनभने प्रधानमन्त्री बन्नेकुरा भुतपूर्व क्लवकै हुने जस्तो भयो । नेपालका राजनीतिक पार्टीहरु यस्ता भए । नेकपा एमालेले कसरी दल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा (माओवादी केन्द्र) ले कसरी बदल्छ त्यो उहाँहरुको कुरा हो । हामी काँग्रेसमा छाँै, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । त्यही कुरा गर्ने कोशिष गरेको हो । म त क्लियर छु, विधि भित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन, नेपाली काँग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यसकारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नतो बदल्नेकुरामा म लाग्छु । सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ । बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ ।’

महामन्त्री थापाले काँग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको बताए । सबै पार्टीहरु मिसन २०८४ मा लागेकाले काँग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ