arrow

बढ्नु पर्ने बेलामा नेप्सेमा उच्च गिरावट 

logo
निष्चलराज दवाडी,
प्रकाशित २०८० असार २४ आइतबार
article-nischalraj-dawadi-2080-03-24.jpg

कम्पनीहरूलाई पूँजी जुटाउन, लगानीकर्ताहरूलाई धितोपत्रको व्यापार गर्न र मूल्य खोज र बजार दक्षतामा योगदान पुर्‍याउने माध्यम नेपाली शेयर बजारले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । लगानीकर्ताहरूलाई कम्पनीहरूको स्वामित्वमा भाग लिन, पोर्टफोलियो विविधीकरण गर्न र सम्भावित रूपमा लाभांशमार्फत लगानी फिर्ता वा पूँजी विकास गर्न सहायक बनेको दोस्रो शेयर बजारमा लगानीकर्ताले आफ्नो लगानीको मूल्य घटेमा घाटा भोग्न या लगानीको मुल्य बढेमा नाफा पाउने गरेका छन् ।

दोस्रो बजारका स्टक अनि तिनको मूल्यहरू आर्थिक अवस्था, कम्पनीको कार्यसम्पादन, लगानीकर्ताको भावना र विश्वव्यापी घटनाहरूको आधारमा उतार चढाव हुने हुँदा बजारमा गिरावट आउने सम्भावना प्रवल हुन्छ र यही कारण शेयरको मूल्यमा पनि गिरावट आउने गर्दछ भने व्यक्तिगत कम्पनीहरूको कार्यसम्पादनले पनि स्टक मूल्यहरूमा उल्लेखनीय प्रभाव पार्न सक्छ। कमजोर वित्तीय नतिजा, घट्दो राजस्व, नकारात्मक समाचार वा अन्य कम्पनी-विशेष मुद्दाहरूले शेयरको मागमा कमी आउने हुँदा यसले प्रत्यक्ष रुपमा मूल्यमा कमी ल्याउने गर्दछ यसैकारण यस्ता शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई घाटा हुने गर्दछ ।

स्टक किन्ने र बेच्ने समयका साथसाथै लगानीकर्ताका लगानी रणनीतिले पनि दोश्रो शेयर बजार प्रवाभित पार्ने गर्दछ । बजारको अवस्था वा व्यक्तिगत जोखिम सहिष्णुतासँग मिल्दोजुल्दो नहुने रणनीति वा बजारको कमजोर समयमा लगानी गर्ने प्रवृत्तिले घाटा निम्त्याउनुको साथै यस्ता समयमा प्रायः स्टकका मूल्यहरू अधिक मूल्याङ्कन हुने हुँदा सट्टा खरीद वा बजार उत्साहमा लगानी गर्दा पनि यस्ता बजार क्रमशः सचिदै जाँदा त्यस्ता उत्साहित बबल फुट्ने गर्दछ र यही कारण शेयरको मुल्य पनि घट्न थाल्छ भने यसले गर्दा पनि लगानीमा ह्रास आउने गर्छ ।

यसैबीच मार्जिन ट्रेडिङमा संलग्न हुने वा आफ्नो लगानीको स्थिति बढाउन लिभरेज प्रयोग गर्ने लगानीकर्ताहरूले थप जोखिम मोल्ने गरेको पैना सकिन्छ भने बजार उल्टिएको खण्डमा यस्ता जोखिमयुक्त रणनीतिले थप घाटा बढाउने तथा उधारो कोषहरू वा मार्जिन कलहरू सामना गर्ने अवस्था सिर्जना हुने गर्छ । 

विविधीकरण सम्बन्धित ज्ञान नहुँदा विभिन्न उद्योग, क्षेत्र वा सम्पत्ति वर्गहरूमा विविधीकरण नगरी केन्द्रित पोर्टफोलियो होल्ड गर्दा घाटाको जोखिम बढ्ने हुँदा कुनै विशेष क्षेत्र वा स्टकले खराब प्रदर्शन गर्छ भने लगानीकर्ताको सम्पूर्ण पोर्टफोलियोमा नकारात्मक असर पर्न सक्छ। दोस्रो शेयर बजारमा लगानी गर्ने निर्णय गर्नु अघि लगानीकर्ताहरूले गहिरो अनुसन्धान गर्न, व्यावसायिक सल्लाह लिने र उनीहरूको जोखिम सहनशीलतालाई ध्यानपूर्वक विचार गर्न सल्लाह दिइन्छ। सम्भावित घाटा कम गर्न मद्दत गर्ने केही रणनीतिहरूमध्ये विविधीकरण, दीर्घकालीन लगानी र अनुशासित जोखिम व्यवस्थापन जस्ता आधारभूत रणनीतिक अभ्यास प्रायः लगानीकर्ताहरुले गरेको पाउन सकिन्छ ।

यसैबीच २१५१ अङ्क पुगेको नेप्से बिहीबार २०४९ अङ्कमा झर्दा नेप्सेको ओरालोको यात्रा पुनः चालु भएको देख्न सकिन्छ । स्टक किन्ने र बेच्ने समयलाई ध्यान दिँदै लगानी वातावरणको सिर्जना भएको नेप्सेमा जेष्ठ महिनाको शुरुआतदेखिनै केही सक्रिय लगानीकर्ताहरुको प्रवेश भएको बुझाइ थियो । 

विशेषगरी असार मसान्तसम्म लाभांश घोषणादेखि राइट इस्यु जस्ता विभिन्न पूँजी विकास गर्ने अवसर प्राप्त हुने हुँदा लगानीकर्ताहरु यस्तै स्क्रिप्टको खोजी गर्दै पूँजी विकास गर्ने अवसरको खोजीमा थिए भने छोटो समयावधिका लागि लगानी गर्दै यस्ता दीर्घकालीन लगानीकर्ता बाट मुनाफा हासिल गर्न तत्पर थुप्रै छोटा समयका शेयर ट्रेडरको बाहुल्यता थियो । २१८६ अङ्क सम्म पुगेर नेप्से अहिले पुनः घट्न थालेको छ भने अब नेप्से को यात्रा पुनः तल जाने या माथि जाने भन्ने कुरा को टुंगो भने असार मसान्तपछि मुद्दतीमा घट्ने ब्याजदरले बताउला।

यसैगरी गत साता सेन्सेटिभ इन्डेक्स ३८२.१६, फ्लोट इन्डेक्स १४१.८७ तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १४१.८७ अङ्कमा झरेको छ । बैंकिंग परिसूचक १२००.८६ अङ्कमा घट्दा, होटल तथा पर्यटन समूह ५७६७.३१ अङ्क पुगेको छ । यस हफ्ता होटल तथा पर्यटन समूहमा १०० अङ्कको वृद्धि भएको देख्न सकिन्छ भने १० % पब्लिक तथा ९० % प्रोमोटर रहेको सिटी होटलको शेयर उच्चरुपमा वृद्धि भएको देख्न सकिन्छ ।   

हाइड्रोपावर परिसूचकमा पनि १४० अङ्कको ह्रास आउँदा २३८६.६६ अङ्कमा झरेको छ भने विकास बैंक समूह ३७२०.९५ अङ्कमा, उत्पादन तथा प्रशोधन समूह ५४२१.३९, नन लाइफ इन्स्युरेन्स समूह  १०९८४.४४, फाइनान्स १८५८, व्यापार समूह २५९३.५९, लघुवित्त समूह ३८५९.८५, ११९७१.४१ लाइफ इन्सुरेन्स, म्युचुअल फण्ड १४.३६, लगानी समूह ७१.५६ तथा अन्य समूह १५०३.४५ अङ्कमा झरेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ