arrow

प्रचण्डका ज्वाइँ अर्थमन्त्री बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
prachanda-juwai.jpg
फाइल तस्बिर

काठमाडौं । कोशी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य अर्थमन्त्री बन्ने भएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डका कान्छा ज्वाइँ आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा आज नियुक्त हुँदै छन् । 

आचार्यले अर्थमन्त्री पाएसँगै कोशीमा माओवादी केन्द्र आज सरकारमा सहभागी हुँदैछ । प्रचण्डका ज्वाइँ आचार्यले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री थिए । 

 मुख्यमन्त्री उद्धव थापाले प्रचण्डका ज्वाइँसहित माओवादीबाट राजेन्द्र कार्की र नेपाली कांग्रेसबाट रामकुमार खत्रीलाई  मन्त्री नियुक्त गर्न लागेका छन् । 

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए ।

सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त गरेपनि माओवादी केन्द्र सहभागी भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ