arrow

राष्ट्रिय सभा अध्यक्षको प्रधानमन्त्रीलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
ganeshprasad-timalsina-2080-03-22.jpg

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  शीर्ष नेताहरूको बैठक राखी समस्याको समाधान गर्न आव्हान गरेका छन् । 

आज बसेको बैठकमा एमालेले अवरोध गरेपछि तिमिल्सिनाले यस्तो आव्हान गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले एक प्रसङ्गमा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको हो ।  एमालेले लगातार चार दिनदेखि संसद अवरोध गर्दै आएको छ । 

तिमिल्सिनाले संसद सुचारु गर्न  प्रधानमन्त्रीलाई  सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निष्कर्ष निकाल्न आव्हान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ