arrow

भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छः केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
arjunnarasingh-kc-2080-03-24.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् । 

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन् । उनले आगामी बैठक बस्नु अगावै सीमित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए । 

उनले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि समितिलाई सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको बताए । 

उनले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताए । उनले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताए । 

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ