arrow

प्रचण्डको दृढता – भ्रष्टाचारविरुद्धको अभियान जरोसम्मै पुग्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
prachanda-parliament-2080-03-25a.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले ‘निर्दोष नपरुन् दोषी नछुटुन्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताए । यो अभियान जरासम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ चाहिने बताए ।

प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै उनले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए । उक्त भेटमा अन्य विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 



नयाँ