arrow

भारतमा निधीलाई अटल मिथिला सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
bimalendra-nidhi-final1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन् । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उनी ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएको उनको सचिवालयले जनाएको छ ।

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराएका थिए । 

उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्‍याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य नेता निधि सम्मानित भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ