दुई मैत्रिपूर्ण खेल खेल्न नेपाली महिला फुटबल टोली बंगलादेशमा
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
2.3k
Shares
तस्बिर–एनएसजेएफ ।
काठमाडौँ । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय टोली बंगलादेश लागेको हो । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एसियाली खेलकुदको तयारीका रुपमासमेत लिएको छ।
बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ। गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनशिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा रहेको छ।