arrow

सांसद र कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमः सांसद देव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
dev.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताएका छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाए । 

उनले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताए । 

उनले सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको बताए । 

सांसद देवले पूर्वाधार विकास कार्यक्रमको बजेट छुट्याउने कुरा प्रधानमन्त्री, मन्त्रीहरुको दोष नभइ प्रणालीको दोष भएको बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ