arrow

अर्थ र उपभोक्ता हित समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
artha-samiti-2080 अर्थ समिति.jpg

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । 

अर्थ समितिमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरू र तिनीहरूको प्रवृत्ति लगायतका विषयमा नेपाल राष्ट्र बैङ्कका गभर्नर र अर्थ मन्त्रालयसँग छलफल हुनेछ 

त्यस्तै उद्योग समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ