arrow

प्रचण्ड पत्नी सीताको निधनपछि को को पुगे नर्भिक अस्पताल [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
prachanda-sita-dahal-nidhan-2080-03-27.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । 

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । 

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रकी सल्लाहकार थिइन् । 

उनको निधनपछि सबैजसो दलका नेताहरु नर्भिक अस्पताल पुगेका थिए । 

यसैबीच सरकारले सीताको निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । 

साथै दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ ।”

IMG_7468.jpg
IMG_7456.jpg
IMG_7450.jpg
IMG_7449.jpg
IMG_7460.jpg
IMG_7459.jpg
IMG_7458.jpg
IMG_7448.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ