arrow

वन मन्त्रीको बयानः बजेटमा हरियाली प्रवद्र्धन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
birendraprasad-mahato-parliament.jpg

काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०–८१ को बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०–८१ को बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताएका हुन् । 

उनले त्यसका लागि वृक्षारोपण, बिरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताए । 

त्यसैगरी वन उद्यम प्रवद्र्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे । 

मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायीकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ