arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरको वार्षिकोत्सवमा रक्तदान, ब्राण्ड एम्बास्डरमा जितु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
city-express-money-transfer-jitu.jpg

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर १६ बसन्त पार गरेर १७ औँ वर्षमा प्रवेश गरेको छ । यही  १७ औँ वार्षिकोत्सवको अवसरमा सिटी  एक्सप्रेस मनि ट्रान्सफरले ब्राण्ड एम्बास्डरमा चर्चित हाँस्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ  । 

जितुले सिटी एक्सप्रेस मनि ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने  छन् ।  कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र जितु नेपालले बुधबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

त्यसैगरी कम्पनीले १७ औँ वार्षिकोत्सवकै उपलक्ष्यमा ‘रक्तदान गर्नुहोस्, जीवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो ।  

सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
        


 



लोकप्रिय समाचार
नयाँ