arrow

नेपाल–बंगलादेशबीचको खेल बराबरीमा, साम्बाको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
football-women-nepal-bangladesh-2023-07-13.jpg

काठमाडौँ । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गतको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बराबरी खेलेको छ ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन् ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

यसअघि खेलको ६५औं मिनेटमा कप्तान सविना खातुनको गोलसँगै  बंगलादेशले अग्रता लिएको थियो । खेल सकिनै लाग्दा साम्बाले नेपालका लागि गोल गरेकी हुन् । इन्जुरी समयमा गरेको भण्डारीको गोलले पहिलो खेल बराबरीमा रोकेको हो ।

 मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले दोस्रो खेल आइतबार खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ