arrow

राससमा प्रेस युनियनको नयाँ कार्यसमिति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३० शनिबार
rss-press-union-2080-03-30.jpg

काठमाडौँ । नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति निवर्तमान उपाध्यक्ष पूर्णप्रसाद मिश्रको अध्यक्षतामा गठन गरिएको छ । 

शाखाको उपाध्यक्षमा चेतबहादुर (सीबी) अधिकारी, महिला उपाध्यक्षमा रोशा बस्‍नेत, सचिवमा कमलकुमार बस्‍नेत, सहसचिवमा उमा शर्मा र कोषाध्यक्षमा सृजना राई निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै सदस्यहरूमा मैना थापा, मुना कार्की, लक्ष्मी सापकोटा, उदीप यादव र किरणराज विष्ट चयनको केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए । शाखाको अधिवेशनका लागि पत्रकार इन्द्र रिजाललाई युनियनले केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको थियो । 

यसअघि साधारण सभाको उद्घाटन सत्रमा कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडैलले नेपालको लोकतन्त्र र श्रमजीवी पत्रकारको पक्षमा प्रेस युनियनले खेलेको भूमिकाप्रति आफूलाई गौरव लाग्ने गरेको बताए । उनले राससलाई थप विस्तारित र परिस्कृति गर्नुपर्नेमा पनि जोड दिए ।  

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र महासचिव दिलिप पौडेलले साना तथा स्वरोजगारमूलक मिडियालाई राससको सेवा निःशुल्क उपलब्ध गराउन गृहकार्य गर्न माग गरे । 

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भने तत्काल सेवा निःशुल्क गराउन सकिने संभावना नरहेको तर्क गर्दै त्यसका बारेमा छलफल गर्न भने आफू तयार रहेको स्पष्ट पारे । 

प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले रासस मिडियाको पनि मिडिया भएकाले मिडियाको मानक र गुणस्तर स्थापित गर्ने जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, युनियनका पूर्व केन्द्रीय अध्यक्षद्धय रमेश तुफान, कुलचन्द्र वाग्लेलगायतले पनि शुभकामना मन्तव्य दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ