arrow

घरमै नागरिकता पाउँदा...

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
nagarikta.png

भोजपुर ।  विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका-४ र ६ का अपाङ्ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर-घरमै गएर नागरिकता वितरण गरेका हुन्। वडा नं ४ बास्तिमका तेजकुमार राईलाई ०९-०१-८०-०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९-०१-८०-०१३७५ र वडा नं ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९-०१-८०-०१३७६ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर वितरण गरे ।

नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ