ढाका । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल विजयी भएको छ । नेपालले ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् ।
यसअघि भएको पहिलो खेलमा १–१ गोलको बराबरी भएको थियो । योसँगै नेपालले दुई खेलको श्रृंखला १–० ले जितेको छ ।