arrow

४० लाख डलरमा अमेरिकामा पशुपतिनाथ र बौद्ध स्तूपा बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
pashupatinath1.jpg

काठमाडौं‌ ।  टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।

शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् । 

फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक/एक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ ।

युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूप निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ । 

दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तूपको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ