arrow

प्रचण्डलाई दौरा सुरुवाल लगाउने बनायौँ (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
prachanda-daura.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई दौरा सुरुवाल लगाउने आफूहरूले बनाएको बताएका छन् । 

सांसद सिंहले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भए पनि प्रचण्डलाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताए । 

प्रचण्ड नेतृत्वको सरकारमा कुनै पनि हालमा सहभागी नहुने बताए। सिंहले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताउँदै प्रचण्ड नेतृत्वको सरकारमा कुनै पनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गरेका हुन् । 

उनले राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताए । उनले अर्को चुनावमा ७० सिट ल्याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ