arrow

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
kakarvitta.jpg

झापा ।  पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९-८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।

आव २०७८-७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो । गत आवको तुलनामा  आव २०७९-८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् तुलनात्मक रुपमा रु तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ ।

यसैगरी, गत आवको तुलनामा आव  २०७९-८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आव २०७९-८० मा रु तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । 

उनले अघिल्लो वर्षको तुलनामा रु ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए । आव २०७८-७९ मा रु दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो ।

अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आव  २०७९-८० मा रु ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा रु ३० करोड २३ लाख छ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८-७९ मा रु ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ