- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् ।
बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीब्रताका साथ अघि बढाइरहेको उल्लेख गरे ।
उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने विश्वास व्यक्त गरे ।
उनले असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने र उचित सदूपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न विधामा उत्कृष्ट इन्जिनियरलाई सम्मान गरेका थिए । सो क्रममा नेपाल आयल निगमका महाप्रबन्धक उमेशप्रसाद थानी पनि सम्मानित भएका छन् ।