arrow

पक्राउ पर्ने डरले पुटिन ब्रिक्समा नजाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
reuters-photputin-o.PNG

काठमाडौं । भ्रमणका क्रममा पक्राउ पर्ने सम्भावना भएपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

ब्रिक्स शिखर सम्मेलन आगामी महिना दक्षिण अफ्रिकामा हुदैछ । 

पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ ।

रूसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी गरिएको छ । 

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सदस्यको रूपमा प्रिटोरियाले पुटिनले देशमा पाइला टेकेको खण्डमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको थियो ।

दक्षिण अफ्रिका ब्रिक्स समूहको वर्तमान अध्यक्ष हो, जसमा ब्राजिल, रूस, भारत र चीन पनि सामेल छन् र यसले आफूलाई पश्चिमी आर्थिक प्रभुत्वको प्रतिरोध शक्तिको रूपमा हेर्छ ।

अगष्ट २२ देखि २४ सम्म जोहानेसबर्गमा हुने ब्रिक्स शिखर सम्मेलनका लागि पुटिनलाई औपचारिक रूपमा निमन्त्रणा गरिएको थियो तर पुटिनलाई सहभागी नगर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाब प्रिटोरियालाई परेको छ । 

राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ता भिन्सेन्ट माग्वेन्याले शिखर सम्मेलनमा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभ हुने बताए । 



नयाँ