arrow

करोडौँ कुम्ल्याएर आफूलाई नखोज्न भन्ने सुन व्यवसायी सोमराज समातिए 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० साउन ५ शुक्रबार
thag-goldsmith-jhapa.jpg

झापा । करोडौँ रकम कुम्ल्याएर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मालाई झापा प्रहरीले पक्राउ गरेको छ । 

झापाको गौरादह नगरपालिका वडा नं.१ स्थित बजार घर भएका फरार सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मालाई बिहीबार साँझ झापाको सीमावर्ती इलाका काँकडभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् ।

व्यवसायी विश्वकर्माले स्थानीयहरुको करिब ३० करोड जति रकम हिनामिना गरि दुई हप्ता अघिदेखि सम्पर्क विहीन भएपश्चात् उनीमाथि पीडित समूहले इलाका प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता गराएको थियो । पछिल्लो समयमा पीडितहरूले समूह नै खडागरि चरणबद्ध सङ्घर्षका कार्यक्रमहरु गर्दै आएका थिए । 

 पक्राउ परेका सुनचाँदी व्यवसायी विश्वकर्मालाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य गरिरहेको प्रहरी श्रोतले जानकारी दिएको छ । 

उनलाई प्रहरीले बिहीबार पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक  रिजालले जानकारी दिए । 

पक्राउ परेका विश्वकर्मामाथि गौरादहका चार सय ६६ जनाको करोडौँ रकम हिनामिना गरेर फरार भएको आरोप लागेको थियो । 

पक्राउ परेका व्यवसायी सोमराज लाई अनुसन्धान पश्चात् सार्वजनिक गरिने प्रवक्ता रिजालले बताए ।

आफ्नो कारोबार बिग्रिएको भन्दै वडाध्यक्षलाई आफूलाई नखोज्न पत्र लेखी बेपत्ता भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ