arrow

बिरामी चितुवाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
chituwafeb1.jpeg

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ ।

बुधबार मालढुङ्गा-बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।

कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उनले बताए ।

पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो ।

डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पुर्‍याएको क्षतिपूर्तिबापत पीडितलाई रु २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ