arrow

शनिबार यी स्थानमा हुनेछैन विद्युत् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
electricity-bulb.JPG

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले सब स्टेसन निर्माण मर्मत तथा सम्भार गर्न यी स्थानमा शनिबार बिद्युत् कटौती गर्दै छ । 

शनिबार बिहान ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् काटिने छ । 

प्राधिकरणका अनुसार शनिबार टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडहरूमा विद्युत् सेवा प्रभावित हुने भएका छन् । 

शनिबार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत् प्रभावित हुने छ ।

पुलचोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुलचोक र ठाडोढुंगा क्षेत्रमा विद्युत् प्रभावित बन्नेछ।

त्यस्तै चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् हुनेछैन । 

साथै त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्वासी बस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विमिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रङ्गशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुलचोक क्याम्पसम्म शनिबार विद्युत् काटिनेछ।

भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ