arrow

ढुण्डीराज शास्त्रीलाई वीपी कोइराला राष्ट्रिय पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
dhundiraj-shastri.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पाका नेता एवं पूर्व उद्योगमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डीराज पौडेल) ले वीपी कोइराला राष्ट्रिय पुरस्कार पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार शास्त्रीलाई सरकारको मन्त्रीस्तरीय बैठकको गत असार १३ गतेको निर्णयअनुसार राजनीतिक दर्शनतर्फ पुरस्कृत गर्न लागिएको हो । 

शास्त्रीसँगै अर्का कांग्रेस नेता कुलबहादुर गुरुङ (केबी गुरुङ) लाई पनि राजनीतिक दर्शन विधाको पुरस्कार दिइँदैछ । 

दुई लाख राशीको यो पुरस्कार दुई जनाले पाउने भएकाले जनही एक एक लाख रुपैयाँ प्रदान गरिने छ । 

त्यस्तै साहित्यतर्फको दुई लाख पुरस्कारको राशी देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यले पाउने भएका छन् । 

पुरस्कार वितरण समारोह शनिबार दिउँसो २ः४५ बजे वीपी संग्रहालय सुन्दरीजलमा हुने मन्त्रालयका सचिव सुरेश अधिकारीले जनाएका छन् । 

पुरस्कार उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रदान गर्नेछन् । 

साउन ६ गते वीपी स्मृति दिवस हो । सो अवसरमा कांग्रेसले ७५३ वटै स्थानीय तहमा रुख रोपौँ अभियान संचालन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ