arrow

झापाका सबै पालिकामा वीपी स्मृतिमा विविध कार्यक्रम [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
bp-smriti-jhapa-2080-04-06 (19).jpg

झापा । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा झापा जिल्लाका विभिन्न पालिकामा विविध कार्यक्रम सम्पन्न गरिएको छ  ।

कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।  वीपीले परिकल्पना गरेको आधुनिक नेपालको प्रजातान्त्रिक समाजवाद स्थापनामा आ–आफ्नो स्थानबाट योगदान गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने हेतुले झापाका विभिन्न पालिकाहरुमा कार्यक्रम गरिएको हो । 

सोही अनुरुप झापाको अर्जुनधारामा नेपाली कांग्रेस  ४ नं वडा समितिद्वारा आयोजित  वीपीको प्रजातान्त्रिक समाजवाद र आजको राजनैतिक कार्यदिशा विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

त्यसैगरी नेपाली कांग्रेस भद्रपुर नगरसमितिले पनि विचार गोष्ठी सम्पन्न गरेको छ । उता नेपाली कांग्रेस दमक नगरसमितिद्वारा वीपी स्मृति दिवसको अवसरमा  रक्तदान कार्यक्रम तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । 

साथै नेपाल विद्यार्थी संघ दमक नगर समितिले दमकको गणतन्त्र चोकमा दीप प्रज्ज्वलनको कार्यक्रम आयोजन  गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेस गौरादह नगर समिति एवं वीपी अध्ययन प्रतिष्ठान गौरादहले विचार गोष्ठी एवं नगरका सम्पूर्ण वडाहरुमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

झापाकै कमल गाउँपालिकामा पनि वीपी स्मृति दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

त्यसैगरी नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले वीपी स्मृति दिवसको अवसरमा दमक अस्पताल दमकमा उपचारारत बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै मेचीनगर नगरपालिकाको धुलाबारीमा धुलाबारी क्याम्पस परिसरमा नेपाली कांग्रेस  मेचीनगर १० नं वडासमितिले पनि  वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

bp-smriti-jhapa-2080-04-06 (1).jpg
bp-smriti-jhapa-2080-04-06 (2).jpg
bp-smriti-jhapa-2080-04-06 (3).jpg
bp-smriti-jhapa-2080-04-06 (4).jpg
bp-smriti-jhapa-2080-04-06 (5).jpg
bp-smriti-jhapa-2080-04-06 (6).jpg
bp-smriti-jhapa-2080-04-06 (7).jpg
bp-smriti-jhapa-2080-04-06 (8).jpg
bp-smriti-jhapa-2080-04-06 (9).jpg
bp-smriti-jhapa-2080-04-06 (10).jpg
bp-smriti-jhapa-2080-04-06 (11).jpg
bp-smriti-jhapa-2080-04-06 (12).jpg
bp-smriti-jhapa-2080-04-06 (13).jpg
bp-smriti-jhapa-2080-04-06 (14).jpg
bp-smriti-jhapa-2080-04-06 (15).jpg
bp-smriti-jhapa-2080-04-06 (16).jpg
bp-smriti-jhapa-2080-04-06 (17).jpg
bp-smriti-jhapa-2080-04-06 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ